ad ad

राजनीति


लिङ्देनको प्रस्ताव: प्रत्यक्ष कार्यकारीमा जाऊँ, प्रदेश खारेज गरौँ, स्थानीय तह बलियो बनाऊँ

लिङ्देनको प्रस्ताव: प्रत्यक्ष कार्यकारीमा जाऊँ, प्रदेश खारेज गरौँ, स्थानीय तह बलियो बनाऊँ

फाइल तस्बिर


नेपालखबर
माघ ९, २०८० मंगलबार १६:४, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको संघीय संरचनालाई टिकाउन जनप्रतिनिधिको संख्या घटाउनुपर्ने बताएका छन्। 

मंगलबार काठमाडौँमा सम्पादकहरूसँगको छलफलका क्रममा अध्यक्ष लिङ्देनले संघीयता टिकाउन जनप्रतिनिधिको संख्या कम गर्नुपर्ने विकल्प सुझाएका हुन्।

अध्यक्ष लिङ्देनले अब देशलाई प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको पद्धतिमा नलगेमा देशले धान्न नसक्ने बताए। 

‘अहिलेको संघीय संरचनाबाट प्रदेश खारेज गरौँ। स्थानीय तहलाई बलियो बनाएर लैजाऊँ’, उनले भने, ‘स्थानीय तहलाई बलियो बनाएर जाऊँ। जनप्रतिनिधि संख्या पनि घटाउनुपर्छ।’

उनले अहिलेको संघीय संरचना थेगिनसक्नु भएको अवस्थामा पूर्वविशिष्ट पदाधिकारीहरूको खर्च पनि धान्न नसकिने बताएका छन्। 

लिङ्देनले भ्रष्टाचारमा सबैको सहमति हुन थालेको पनि बताए। ‘भ्रष्टाचारमा सबैको सहमति हुन थाल्यो। अदालतका न्यायाधीशमा भागबन्डा चलिरहेको छ। अख्तियारमा सरकारका कारिन्दा मात्रै राखिएको छ’, उनले भने, ‘राष्ट्रपति दलकै लागि काम गर्ने भएका छन्। सुन तस्करीकाण्ड र शरणार्थीकाण्ड सबैमा मिलेका छन्। अब हामीलाई २०८४ पर्खिरहने छुट छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .