ad ad

राजनीति


एमसीसीबारे आक्रोश र भावनामा होइन, तथ्यमा जान्छौः खनाल

एमसीसीबारे आक्रोश र भावनामा होइन, तथ्यमा जान्छौः खनाल

नेपालखबर
माघ २४, २०७६ शुक्रबार १३:५३,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले एमसीसीका विषयमा अध्ययन गर्न गठन गरेको कार्यादलको दोस्रो बैठक शुक्रबार सिंहदरबारमा बसेको छ।

कार्यदलका संयोजक वरिष्ठ नेता झलनाथ खनालले बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टीले दिएको कार्यादेश अनुरुप अध्ययन गर्ने र सामग्रीहरु जुटाउने विषयमा छलफल भएको बताए। उनले कुनैपनि आवेग, आक्रोस र भावनामा नरही तथ्यहरुको आधारमा सत्य पत्ता लगाउने तर्फ बैठक अगाडि बढेको बताए। उनले अवको दश दिन भित्रमा अध्ययन सक्ने समेत बताए।

त्यस्तै नेता भिमबहादुर रावलले सबै सामग्री जुटाई अध्ययन गर्ने कुरा बैठकमा भएको बताए। उनले सबै सान्र्दभक सामग्रीहरु प्राप्त गरेर अध्ययन गर्ने र छलफल गर्ने विषयमा छलफल भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .