ad ad

राजनीति


बालुवाटार जग्गा घाेटालामा मुछिएका बाबुराम र माधवलाई पनि कारबाही गर: शान्ति समाज

बालुवाटार जग्गा घाेटालामा मुछिएका बाबुराम र माधवलाई पनि कारबाही गर: शान्ति समाज

नेपालखबर
माघ २४, २०७६ शुक्रबार ७:४१,

ललिता निवास जग्गा घोटाला प्रकरणमा दागी नेताकाे पक्षमा उभिएकाे भन्दै मानवअधिकार तथा शान्ति समाज नेपालले नेपाली कांग्रेस तथा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईलाई उम्काउन खाेजेकाे भन्दै खेद प्रकट गरेकाे छ। शुक्रबार समाजका अध्यक्ष उत्तम पुडासैनीले विज्ञप्ति जारी गर्दै खेद प्रकट गरेकाे हाे।

विज्ञप्तिमा भनिएकाे छ, 'अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकातिर पूर्वउपप्रधानमन्त्री विजय गच्छदारसहित १ सय ७५ जनामाथि मुद्दा दायर गरेको तर उक्त प्रकरणमा मूल जिम्मेवारहरुलाई उन्मुक्ति दिन खोजेको साथै नेपाली कांग्रेसले आफ्ना उपसभापति विजय गच्छदारमाथिको मुद्दा बदनियतपूर्ण भएको बताउँदै सदन अवरुद्ध गरेको र आफ्ना भ्रातृ संगठनहरुलाई सडकमा उतार्ने निर्णयप्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको छ।'

बालुवाटार जग्गा घोटाला प्रकरणमा पूर्वप्रधानमन्त्री द्वय माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल (छोराको नाममा ललिता निवासको आठ आना जग्गा रहेको) लाई मुद्दा नचलाएर अख्तियारजस्तो संवैधानिक निकायले दोहोरो मापदण्ड अवलम्बन गरेको समाजले आराेप लगाएकाे छ।

यसैगरी पूर्वउपप्रधानमन्त्री विजय गच्छदारमाथिको मुद्दालाई प्रभावित गर्दै निजलाई चोख्याउने नियतले नेपाली कांग्रेसले गरेको विरोधकाे पनि समाजले विराेध जनाएकाे छ। भ्रष्टाचार प्रकरणमा दागी नेताहरुको उन्मुक्तिका लागि सत्तारुढ र प्रमुख प्रतिपक्षी दलहरु लाग्नु निन्दनीय रहेकाे भन्दै समाजले देशभर सार्वजनिक जग्गा/राज्यको सम्पत्ति हडप्नका लागि विचौलियाहरु सक्रिय रहेको र तिनको प्रभावमा राजनीतिक, न्यायिक र प्रशासनिक निकायका व्यक्तिहरुले अनुचित कार्य गरेका कैयन उदाहरणहरु रहेकाे उल्लेख गरेकाे छ।

घटनामा संलग्न जो कोहीलाई पनि कानुन सम्मत कारवाही हुनुपर्ने समाजले माग गरेकाे छ।

विज्ञप्तिमा भनिएकाे छ, 'ललिता निवास जग्गा घोटाला प्रकरणमा पूर्वप्रधानमन्त्री द्वय माधव नेपाल र डा. बाबुराम भट्टराईलाई पनि कारवाईको दायरामा ल्याउनुपर्ने उद्देश्यले नेपाली कांग्रेसले शान्तिपूर्ण तवरमा दवाव सिर्जना गर्न खोजेको हो भने त्यो स्वागत योग्य छ तर दागी उप सभापति विजय गच्छदारको पक्षमा नेपाली कांग्रेस होमिनु आपत्तिजनक एवं निन्दनीय र आत्मघाती हुने स्मरण गराउँदै दण्डहिनताको अपसंस्कृतिलाई अन्त्य गर्नका लागि योगदान गर्न सम्बन्धीत सबैलाई शान्ति समाज आग्रह गर्दछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .