ad ad

राजनीति


राष्ट्रियसभा निर्वाचन : जनमतले १७ ठाउँमा मात्रै गठबन्धनलाई सघाउने

राष्ट्रियसभा निर्वाचन : जनमतले १७ ठाउँमा मात्रै गठबन्धनलाई सघाउने

फाइल तस्बिर


नेपालखबर
माघ १, २०८० सोमबार १४:१८, काठमाडौँ

यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा जनमत पार्टीले आफ्ना उम्मेदवार नभएको स्थानमा मात्रै सत्ता गठबन्धनलाई सघाउने जनाएको छ।

सत्ता गठबन्धनमै रहे पनि जनमत पार्टीले मधेस र लुम्बिनी प्रदेशको अन्य क्लस्टरमा उम्मेदवार उठाएको छ। गठबन्धमा आवद्ध अन्य दलले जनमतलाई भागबण्डामा सहभागी नगराएपछि उसले छुट्टै उम्मेदवार उठाएको हो।

लुम्बिनीको अन्य क्लस्टरमा जनमतबाट बालगोविन्द चौधरी थारु र मधेसमा रामशंकर महासेठले उम्मेदवारी दिएका छन्। 

आफ्ना दुई उम्मेदवार उठेको स्थान बाहेक १७ स्थानमा माओवादी नेतृत्वको सत्ता गठबन्धनका उम्मेदवारलाई नै भोट हाल्ने जनमतका अध्यक्ष सिके राउतले जानकारी दिएका छन्। 

उनले आज एक अपिल जारी गर्दै आफ्ना दुई उम्मेदवारलाई मत दिएर विजयी बनाउन अनुरोध गरेका छन्।

माघ ११ गते राष्ट्रिय सभाको २० सिटमा निर्वाचन हुँदैछ। जसमा नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृतले २, जसपाले १ ठाउँमा उम्मेदवारी दिएका छन्। 

सत्ता गठबन्धनले राष्ट्रपतिबाट मनोनित हुने एक सिट राष्ट्रिय जनमोर्चाको लागि छुट्याएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .