राजनीति


माओवादी केन्द्रको विधान मस्यौदा : कोशी नलेखी राखियो प्रदेश नम्बर १

माओवादी केन्द्रको विधान मस्यौदा : कोशी नलेखी राखियो प्रदेश नम्बर १

नेपालखबर
पुस २९, २०८० आइतबार १४:२३, काठमाडौँ

नेकपा माओवादी केन्द्रले बनाएको विधान मस्यौदामा कोशी प्रदेशको नाम उल्लेख नगरेको पाइएको छ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शुक्रबार बुझाइएको विधान मस्यौदामा कोशीको नामै नराखी प्रदेश नम्बर एक राखिएको छ।

उक्त प्रदेशमा पहिचानवादीले निरन्तर आन्दोलन गरिरहेका छन्। तर गत वर्ष कोशीको पक्षमा माओवादीका प्रदेशसभा सदस्यहरूले पनि मत हालेका थिए।

एमाले, कांग्रेस र माओवादीसहितको समर्थनमा बहुमतले पारित भएको कोशी प्रदेशलाई माओवादीले विधान मस्यौदामा नसमेटेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .