ad ad

राजनीति


कर्णालीमा गठबन्धनका उम्मेदवारले गराए मनोनयन दर्ता

कर्णालीमा गठबन्धनका उम्मेदवारले गराए मनोनयन दर्ता

नेपालखबर
पुस २३, २०८० सोमबार १५:७, सुर्खेत

आगामी ११ माघमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि कर्णालीबाट गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच राष्ट्रिय सभाका ३ सिटमा १/१ सिट लिने गरी भागबण्डा भएको छ।

तीनदलीय गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसबाट रुकुमका कृष्णबहादुर रोकाया, समाजवादीबाट दैलेखकी सावित्री मल्ल, माओवादीबाट कालीकोटका विष्णु विकले मनोनयन दर्ता गराएका हुन्।

महिलाततर्फ मल्ल, दलिततर्फ विक र अन्यतर्फ रोकाया उम्मेदवार रहेका छन्।

एमालेले पनि उम्मेदवारको मनोनयन दर्ता गराई सकेको छ। एमालेबाट राष्ट्रियसभा सदस्यका लागि विमलाकुमारी शाही, हिक्मत विक र डिल्लीप्रसाद भट्टले मनोनयन दर्ता गराएका हुन्।

हुम्लाकी शाही महिला क्लस्टर, दैलेखका विक दलित क्लस्टर र मुगुका भट्ट अन्य क्लस्टरबाट उम्मेदवार बनेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .