ad ad

राजनीति


देउवासँग कुरा नमिलेपछि रणनीति बनाउन शेखर–गगनको छुट्टै बैठक

देउवासँग कुरा नमिलेपछि रणनीति बनाउन शेखर–गगनको छुट्टै बैठक

तस्बिर : नेपालखबर


नेपालखबर
पुस २२, २०८० आइतबार १५:४५, काठमाडौँ

राष्ट्रिय सभा निर्वाचनको भागबन्डामा पार्टी सभापति शेरबहादुर देउवासँगको कुरा नमिलेपछि कांग्रेस संस्थापन इतरका नेताहरू छलफलमा जुटेका छन्। 

आइतबार दिउँसो धुम्बाराहीस्थित सभापति देउवाको निवासमा छलफल गरेका महामन्त्री गगन थापा र नेता शेखर कोइराला छुट्टै छलफलमा जुटेका हुन्। 

उनीहरू अहिले विशालनगरस्थित नेता कोइरालाको सम्पर्क कार्यालयमा छलफल गरिरहेका छन्। कांग्रेस स्रोतका अनुसार देउवासमक्ष शेखर–गगनले ४ सिट माग गरेका थिए। तर देउवाले ३ सिटभन्दा दिन नसक्ने बताएका थिए।

'सभापति देउवाको उक्त जवाफपछि थप छलफलका लागि अहिले नेताहरू जुट्नुभएको छ,’ स्रोतले नेपालखबरसँग भने।

छलपलमा महामन्त्री थापा, नेता कोइराला, उपसभापति धनराज गुरुङ, सह–महामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे तथा नेता बलबहादुर केसी उपस्थित छन्। 

आइतबार बिहान बसेको सत्ता गठबन्धन बैठकले कांग्रेसलाई १० सिट दिनेगरी सहमति गरेको थियो। उक्त सहमतिपछि कांग्रेसका नेताहरू आन्तरिक भागबन्डा मिलाउन लागेका हुन्। 

भागबन्डा मिल्न नसकेपछि दिउँसो १ बजेका लागि तय भएको बैठक दिउँसो ४ बजेसम्मका लागि सारिएको छ। 

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो ४ बजे बस्ने बैठकमा राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाइनेछ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि भोलि (सोमबार) मनोनयन दर्ताको कार्यक्रम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .