नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सरेको छ।
आजका लागि बोलाइएको बैठक भोलि (शनिबार) बिहान साढे ८ बजे बस्ने गरि स्थगित भएको पार्टी कार्यालय स्रोतले जनाएको छ।
राष्ट्रियसभाको निर्वाचन र विधान संशोधन मस्यौदालगायतका विषयमा छलफल गर्न एकीकृत समाजवादीको बैठक बस्न लागेको हो।
सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले प्रतिपक्ष एमालेलाईसमेत राष्ट्रियसभाका सिटमा भागबन्डा गर्न खोजेपछि अर्को सत्तारुढ दल एकीकृत समाजावदी रुष्ट बनेको छ।
बैठकमा त्यस विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिएका छन्।
21
Shares

प्रतिक्रिया