ad ad

राजनीति


प्रधानमन्त्री प्रचण्डले भने : अहिले पनि क्रान्तिमै छौँ, स्वरुप मात्रै फेरिएको हो

प्रधानमन्त्री प्रचण्डले भने : अहिले पनि क्रान्तिमै छौँ, स्वरुप मात्रै फेरिएको हो

तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
पुस १९, २०८० बिहिबार १५:३५, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ‘जनयुद्ध’को शान्तिपूर्ण शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरिएको बताएका छन्। 

बिहीबार दिउँसो रामेछापको बेथान पानीघाटमा आयोजित २७ औँ बेथान वीरता दिवस, सहिद स्तम्भ उद्घाटन तथा सहिद परिवार सम्मान कार्यक्रममा प्रधानमन्त्रीले यसो भनेका हुन्। 

‘जनयुद्ध’ देशको मुक्ति र परिवर्तनका निम्ति महान् विद्रोह थियो। त्यतिबेला हामीसँग ठूलो शक्ति थिएन’, उनले भने, ‘तर महान् विचार थियो, ऐतिहासिक लक्ष्य थियो। त्यसका आधारमा नेपालको क्रान्तिले गुणात्मक उचाइ लियो। त्यसले नै देशमा महान् परिवर्तन सम्भव भएको हो।’

उनले अहिले क्रान्तिको स्वरुप फेरिएको बताएका छन्। ‘हामी अहिले पनि क्रान्तिमै छौँ। क्रान्ति सकिएको छैन, तर क्रान्तिको स्वरूप फेरिएको छ’, उनले भने, ‘हामी समाजवादको लक्ष्यमा छौँ। त्यसका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेका छौँ। यो क्रान्तिको शान्तिपूर्ण मोर्चा हो।’

प्रधानमन्त्रीले वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरिरहेको बताए। भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणले १० हजार मेगावाट विद्युत् निर्यातको ग्यारेन्टी भएको उनले बताए। 

कार्यक्रममा बेथानका सहिदहरू तीर्थ गौतम, फत्तबहादुर स्माली मगर र दिलमाया बम्जनका परिवारजनलाई सम्मान साथै सहिद स्मारकको उद्घाटन गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .