ad ad

कारोबार


नेपालमा ‘ओमोडा ५ ईभी’ सार्वजनिक गर्ने तयारी

नेपालमा ‘ओमोडा ५ ईभी’ सार्वजनिक गर्ने तयारी

नेपालखबर
पुस १९, २०८० बिहिबार १५:४८, काठमाडौँ

ओमोडा एन्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप भेरियन्ट ‘ओमोडा ५ ईभी’ नेपालमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ। यो विद्युतीय गाडीको परिचय र प्राविधिक विवरणहरूको सूचना प्रदान गर्न ओमोडाको चीन समूहले गत डिसेम्बर २८ मा अनलाइन लाइभ–स्ट्रिम (प्रत्यक्ष्य प्रसारण) कार्यक्रम सञ्चालन गरेको छ।

चीनमा भएको ओमोडा नेपाल बिजनेसका प्रबन्ध निर्देशक केपान र ओमोडाका ब्रान्ड म्यानेजर रायन वाङद्वारा आयोजित लाइभस्ट्रिम कार्यक्रममा शारडा समूहका विशिष्ट अतिथिहरू र मिडिया अनलाइन मार्फत उपस्थित थिए।

उक्त प्रत्यक्ष प्रसारणमा उच्च प्राविधिक सुविधाहरू, सुरक्षा, र आधुनिक डिजाइन सहितको ‘ओमोडा ५ ईभी’ प्रस्तुत गरिएको थियो।

कम्पनीका अनुसार ‘ओमोडा ५ ईभी’ नेपालमा १८० एमएम ग्राउन्ड क्लियरेन्सको साथ लन्च हुनेछ जुन यसका प्रतिस्पर्धीहरूमध्ये सेगमेन्टमा उत्कृष्ट छ। ६१ किलोवाटआवर ब्याट्री क्षमता, ९९ किलोवाट मोटर पावर, र ३४० न्युटनमिटर टर्कको साथ, यसले ५१० किलोमिटर (एनईडीसी) र ४३० किलोमिटर (डब्लुएलटीपी) को दायरा प्रदान गर्दछ।

ओमोडा ई५ को एक्टेरियर (बाहिरी) डिजाइन ‘लाइट अफ मुभमेन्ट’ नामक आधुनिक डिजाइन–दर्शनमा आधारित रहेको छ। यसको ‘एक्स’ आकारको फ्रन्ट फेस, डायनामिक फास्टब्याक आकार, स्ट्यागर्ड मेट्रिक्स टेललाइट, ‘टी’आकारको डेटाइम(रनिङ(हेडलाइट ले उक्त डिजाइन सिद्धान्त दर्शाउँदछ।

एक्टेरियर डिजाइनको साथ, यो गाडीमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, प्रिमियम ८ सोनी स्पिकरसहितको क्रोम डोर ह्याण्डल, विद्युतीय सनरुफ, ५० किलोवाटको वायरलेस चार्जर, भेन्टिलेटेड सिटहरू सहितको इन्टेरियर डिजाइन प्रदान गर्दछ।

साथै यसमा १७ एडीएस सुविधाहरू पनि उपलब्ध छन् जसमा ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट (एससीए), डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम अभोइडेन्स असिस्टेन्ट, ६ वटा एयरब्याग आदि।

‘ओमोडा ५ ईभी’ मा २८ मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुने ‘अल्टिमेट फास्ट चार्जिङ’ सुविधा पनि रहेको छ। ओमोडाले प्रयोगकर्ताको विभिन्न आवश्यकताहरू पूरा गर्दै समृद्ध अनुभव प्रदान गर्ने दाबी गरेको छ।

‘ओमोडा ५ ईभी’ को सजिलो खरिद तथा स्वामित्व अनुभव सुनिश्चित गर्न, एस पि जि अटोमोबाइल्सले नेपालमा आफ्नो पूर्वाधार र सेवा सञ्जाल विस्तार गर्ने योजना बनाएको कम्पनीले जनाएको छ। साथै, यो गाडीलाई नेपाली भूभागको सडक अनुकुल बनाइएको दाबी पनि गरेको छ।

एसपिजि अटोमोबाइल प्राइभेट लिमिटेड, नेपालमा ओमोडा एण्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडको लागि आधिकारिक वितरक हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .