ad ad

राजनीति


कांग्रेस नेता पौडेलको प्रश्नः लालझण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ?

कांग्रेस नेता पौडेलको प्रश्नः लालझण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ?

नेपालखबर
माघ २२, २०७६ बुधबार १६:४०,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित सरकारी जग्गा हिनामिना आरोपमा बुधबार विशेष अदालतमा दायर गरेको मुद्दाप्रति आशंका उब्जेको बताएका छन्।

आयोगले बुधबार नेपाली कांग्रेसका संसदीय दलका उपनेता तथा यसअघि पटकपटक मन्त्री भएका विजयकुमार गच्छदार, अन्य पूर्वमन्त्री, पूर्वसचिव, व्यवसायीलगायत १७५ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

‘अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा आज दायर गरेको मुद्धाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको छ,’ पौडेलले बुधबार राती सामाजिक सञ्जालमा लेखेका छन्। ‘लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाइ कतै पुरा हुने त होइन?’

यसअघि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि आजको मुद्दा दर्ताले राजनीतिक पूर्वाग्रह देखाएको आरोप लगाएका थिए।

याे पनि: 
कांग्रेसको प्रश्नः माधव नेपालको निर्णय, गच्छदारलाई मुद्दा? 
तीन पूर्वमन्त्री र तीन पूर्वसचिवलाई ५४ करोड बिगो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .