ad ad

राजनीति


राष्ट्रियसभा चुनाव : सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि

राष्ट्रियसभा चुनाव : सिट बाँडफाँडबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि

फाइल तस्बिर


नेपालखबर
पुस १९, २०८० बिहिबार ८:४३, काठमाडौँ

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडबारे छलफल गर्न आज (बिहीबार) पनि सत्ता गठबन्धनको बैठक बस्दै छ। 

बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने नेताहरूले बताएका छन्। 

यस विषयमा सत्ता गठबन्धनका दल केही दिनदेखि निरन्तर छलफलमा छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आग्रहअनुसार उसलाई पनि चुनावी सिट दिन सत्ता गठबन्धन सकारात्मक देखिएको छ। 

एकजना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुने १ जनासमेत गरी २० सिट आउँदो फागुन २० बाट खाली हुँदै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .