राजनीति


अहिलेको ब्यवस्था असफल भयो, आन्दोलनको तयारी गरौं : कमल थापा

अहिलेको ब्यवस्था असफल भयो, आन्दोलनको तयारी गरौं : कमल थापा

फाइल तस्बिर


नेपालखबर
पुस १७, २०८० मंगलबार १५:२४, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको संघीय धर्मनिरपेक्ष गणतन्त्रिक ब्यवस्था असफल भएको बताएका छन्।

उनले अब ब्यवस्था परिवर्तनका लागि जनआन्दोलनको तयारी गर्नुपर्नेमा जोड दिएका छन्। 

मंगलबार महोत्तरीको बर्दिबासमा पार्टीद्वारा आयोजित मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै थापाले अहिलेको भ्रष्टतन्त्र र ब्यवस्था परिवर्तन गर्न जनताले चाहेको बताए।

अहिलेको लथालिङ्ग अब्यवस्थाबाट मुक्तिका लागि आन्दोलनको विकल्प नभएको उनले बताए। 

सनातन धर्मसंस्कृति र पहिचान संकटमा परेको, मुलुकको आर्थिक अवस्था कमजोर भएको, विदेशी चलखेल र प्रभाव बढेको भन्दै थापाले हिन्दु धर्ममाथिको अपमान सहन नसकिने बताए।

धर्म परिबर्तनको डढेलोले सिङ्गो मुलुक आक्रान्त रहेको चर्चा गर्दै थापाले आन्दोलनका लागि सम्पूर्ण राष्ट्रवादी, प्रजातन्त्रवादी र देशभक्तहरू एक ठाउँमा आउनुपर्नेमा जोड दिए। 

कार्यक्रममा बोल्दै पार्टीका उपाध्यक्ष राजीव पराजुलीले राप्रपा नेपालको नीति उपयुक्त भएको भन्दै संगठन निर्माणमा केन्द्रित हुन आग्रह गरे। 

प्रशिक्षणमा तराई-मधेश क्षेत्रका ९ जिल्लाका १७५ जना केन्द्र ,जिल्ला र नगरका प्रतिनिधिहरूको सहभागिता रहेको पार्टीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad