ad ad

राजनीति


बालकुमारी घटना : मन्त्रीद्वयको भूमिका छानबिन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

बालकुमारी घटना : मन्त्रीद्वयको भूमिका छानबिन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

नेपालखबर
पुस १६, २०८० सोमबार १४:०, काठमाडौँ

गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनाका विषयमा संसदीय समितिले भौतिक पूर्वाधारमन्त्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको भूमिका छानबिनका गर्न सरकारलाई निर्देशन दिएको छ। 

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिको बैठकमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र श्रममन्त्री शरदसिंह भण्डारीको भूमिका छानबिन गर्न सरकारलाई राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको हो। 

बालकुमारीमा गोली चलेको घटनामा दुई मन्त्रीको भूमिबारे छानबिन गर्न समितिका सभापति रामहरी खतिवडाले निर्देशन दिएका छन्। 

उनले समितिको निर्णय सुनाउँदै भने, ‘उक्त घटना घट्नुमा श्रम रोजगार तथा सामाजिक मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय÷मन्त्रीको भूमिकाबारेमा समेत छानबिन गर्न निर्देशन दिने।’

त्यस्तै, मृतकका परिवारलाई थप राहत र रोजगारीको व्यवस्था गराउन पनि समितिले सरकारलाई निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .