ad ad

राजनीति


कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : मन्त्रीहरूले आफ्नो ‘रिपोर्ट कार्ड’ बुझाउने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : मन्त्रीहरूले आफ्नो ‘रिपोर्ट कार्ड’ बुझाउने

फाइल तस्बिर


नेपालखबर
पुस १२, २०८० बिहिबार १२:४३, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको  बैठक बिहीबार दिउँसो बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्न लागेको बैठकमा कांग्रेसको तर्फबाट विभिन्न मन्त्रालयको नेतृत्व गरेका मन्त्रीहरूले आफूले गरेको कार्यसम्पादनबारे केन्द्रीय समितिलाई अवगत गराउने कार्यसूची छ। 

कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार बैठकमा आगामी पुस १६ गते पार्टीले मेलमिलाप दिवस मनाउने र महासमिति बैठकको तयारीलगायतबारे छलफल हुनेछ।

यसैगरी राष्ट्रियसभा निर्वाचनमा आवश्यक मापदण्ड र पार्टीले यसअघि नै सुरु गरेको 'समुदायमा कांग्रेस' अभियानबारे पनि छलफल हुने विश्वकर्माले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .