नेकपा एमाले छाडेका पूर्वसांसद गोविन्दविक्रम शाह राप्रपा नेपालका उपाध्यक्ष बनेका छन्।
जाजरकोटका शाहलाई अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम पार्टी उपाध्यक्ष पदमा मनोनित गरेका हुन्।
शाहको मनोनयनले पार्टी संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने थापाले बताए।
यही मंगलबार राप्रपा नेपाल प्रवेश गरेका शाह जाजरकोटबाट निर्वाचित पूर्वसांसद र तत्कालीन जिविस सभापति हुन्। उनी एमालेमा हुँदै ती दुवै पदमा पुगेका थिए।
बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै शाह राप्रपा नेपालमा प्रवेश गरेका थिए।
शाहलाई स्वागत गर्दै अध्यक्ष थापाले संघीय गणतन्त्र भ्रष्टतन्त्रमा परिणत भएको भन्दै ब्यवस्था परिवर्तनबिना अवस्था परिवर्तन नहुने बताए।
शाहले मुलुकको राष्ट्रिय राजनीतिमा राप्रपा नेपाललाई स्थापित गराउन सक्दो प्रयास गर्ने बताएका छन्।
Shares
प्रतिक्रिया