कास्कीको पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडस्थित फुटट्रायकमा फोटोग्राफीका नाममा ठगी गरेको आरोपमा चारजना कारागार चलान भएका छन्।
फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट
खटिएको टोलीले पक्राउ गरेका एकजना वडासदस्यसहित चारजना जेल चलान भएका हुन्।
पोखरा ६ लेकसाइड बैदाम बस्ने ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रविण विश्वकर्मा, २४ वर्षीय अभिषेक परियार र अप्पे भन्ने अभिषेक बराल जेल चलाउन भएका हुन्।
त्यसैगरी पोखरा महानगरपालिका-६ खहरे बस्ने त्यही वडाका निर्वाचित सदस्य ४२ वर्षीय दीपेन्द्र पहारी पनि जेल चलान भएका छन्।
उनीहरूलाई प्रहरीले पक्राउ गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा अनुसन्धान गरिएको थियो।
त्यसपछि कास्की जिल्ला अदालतको आदेशमा उनीहरू सबैजना पुर्पक्षका लागि कारागार चलान भएका हुन्।
Shares
प्रतिक्रिया