राष्ट्रिय प्रजातन्त्र पार्टीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको राजीनामा माग गरेको छ।
‘मन्त्री किराँतीले ‘क्रिश्चियनलाई नमान्ने देशद्रोही हुन्’ भनि एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्म लगायत अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने गरि दिएको अभिव्यक्ति गैर संवैधानिक, सामाजिक सदभाव बिथोल्ने, असहिष्णु र विभाजनकारी छ’ राप्रपाले विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी मन्त्रीको अभिव्यक्ति प्रति गम्भिर आपत्ति प्रकट गर्दछ।’
संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त नहुने भन्दै तत्काल बर्खास्त गर्नका लागि प्रधानमन्त्रीसँग राप्रपाले जोडदार माग गरेको छ।
33
Shares
प्रतिक्रिया