ad ad

राजनीति


‘जब खाडी मुलुकबाट मत आउन थाल्छ, त्यसपछि श्रमिकका मुद्दाले ठाउँ पाउँछन्’

‘जब खाडी मुलुकबाट मत आउन थाल्छ, त्यसपछि श्रमिकका मुद्दाले ठाउँ पाउँछन्’

नेपालखबर
पुस २, २०८० सोमबार ११:१६, काठमाडौँ

वैदेशिक रोजगारीमा गएका श्रमिकहरूलाई मताधिकार दिए मात्रै राजनीतिक दलका नेताले उनीहरूका मुद्दा सम्बोधन गर्नसक्ने सरोकारवालाहरूले धारणा राखेका छन्।

सोमबार ललितपुरमा भएको ‘वैदेशिक रोजगारीको उज्यालो र अँध्यारो पाटो’ विषयक सडक बहसमा बोल्दै सरोकारवालाहरूले यस्तो बताएका हुन्।

उनीहरूले कार्यरत स्थानबाट मतदान गर्ने अधिकार भयो भने मात्रै राजनीतिक पार्टीहरूले श्रमिकका मुद्दामा बोल्न सुरु गर्ने धारणा राखे।

कार्यक्रममा बोल्दै ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले वैदेशिक रोजगारीको रूपमा विभिन्न देशमा गएर काम गर्नेहरूलाई मताधिकार दिए मात्रै राजनीतिक पार्टीले उनीहरूका मुद्दा सुन्ने बताए।

‘वैदेशिक रोजगारीको रूपमा विभिन्न सहरमा गएर काम गर्नेहरूलाई मताधिकार दिनुपर्छ। किनभने कार्यरत स्थानबाट मतदान गर्ने अधिकार भयो भने राजनीतिक पार्टीले उनीहरूका मुद्दामा बोल्न थाल्छन्। जब मत खाडी मुलुकबाट आउन थाल्छ, त्यसपछि उनीहरूका मुद्दाले ठाउँ पाउँछन्,’ कुँवरले भने।

वैदेशिक रोजगारीमा गएका श्रमिकले पठाएको विप्रेषण (रेमिट्यान्स) सही ठाउँमा प्रयोग हुन नसकेको पनि कुँवरको धारणा छ।

कार्यक्रममा रोजगार व्यवसायी राजेन्द्र भण्डारीले श्रमिकलाई सीपयुक्त बनाएर पठाउनसके थोरै संख्यामा गएर पनि धेरै रेमिट्यान्स आउनसक्ने बताए। विदेशमा गएका श्रमिकबाट आएको रेमिट्यान्स रोजगारमूलक क्षेत्रमा लगाउन आवश्यक रहेको भण्डारीले बताए।

व्यवसायी भण्डारीले बाक्लो संख्यामा कामदार पठाएका मुलुकमा श्रम सम्झौता गरी दूतावास खोल्ने, कामदार पठाउने काममा लाग्नुपर्ने र श्रमिकको सुरक्षित आप्रवासनको लागि जिम्मेवार हुनुपर्ने बताए। (नान)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .