ad ad

राजनीति


एमालेको संकल्प यात्रा : तेह्रथुमको आफ्नै घरमा पुगेर ओलीले पिए कालो चिया

एमालेको संकल्प यात्रा : तेह्रथुमको आफ्नै घरमा पुगेर ओलीले पिए कालो चिया

नेपालखबर
मंसिर ३०, २०८० शनिबार ८:३०, काठमाडौँ

यही मंसिर १४ मा बैतडीको झुलाघाटबाट एमालेले सुरु गरेको  ‘समृद्धिका लागि संकल्प यात्रा’ आज (शनिबार) पाँचथर पुग्दैछ।

शुक्रबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो तेह्रथुमको आठराईमा बास बसेको एमालेको यात्रा टोली आज पाँचथर प्रस्थान गर्न लागेको हो। 

शनिबार बिहान एमाले अध्यक्ष ओलीले आफ्नो जन्मघर तेह्रथुमको आठराई इवाबाट तस्बिर र सन्देश पोष्ट गर्दै आज एमालेको यात्रा पाँचथर प्रवेश गर्ने जानकारी दिएका छन्।

‘नमस्कार, शुभ बिहानी ! मेरो जन्मघर आठराई इवाबाट,’ शनिबार बिहान आफ्नो घरमा कालो चिया खाँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै ओलीले लेखेका छन्, ‘चिसो धेरै छ। गाउँमा बिहानको तातो चिया ठूलो गिलासमा खानुको मज्जा बेग्लै छ। आज हाम्रो यात्रा तेह्रथुमबाट पाँचथर प्रवेश गर्ने छ। सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय!’

एमालेले आज दिउँसो पाँचथरमा आमसभा आयोजना गरेको छ। सभामा एमाले अध्यक्ष ओलीसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ। 

मंसिर १४ गते बैतडीको झुलाघाटमा शुरु भएको एमालेको यो यात्रा पुस १ गते मध्यपहाडी राजमार्गको पूर्वीबिन्दु पाँचथरको चिवाभञ्ज्याङ पुगेर पुगेर टुंगिने एमालेले जनाएको छ। 

मेची महाकाली यात्राको समापन भने काठमाडौँमा गर्ने एमालेको तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .