ad ad

राजनीति


फेरि सर्‍यो कांग्रेस महासमिति बैठक

फेरि सर्‍यो कांग्रेस महासमिति बैठक

नेपालखबर
मंसिर २९, २०८० शुक्रबार १४:३७, काठमाडौँ

नेपाली कांग्रेसको महासमिति बैठक फेरि सरेको छ।

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले मिति सार्ने निर्णय गरेको हो।

कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले महासमिति बैठक अब फागुन ७ गतेदेखि १० गतेसम्म गोदावरीमा बस्ने निर्णय गरेको जानकारी दिए।

‘राष्ट्रिय सभा निर्वाचनको कारणले गर्दा हामीले पुस १६ देखि १९ गतेसम्म तय गरिएको महासमिति बैठक सार्ने निर्णय गरेका छाैँ’ विश्वकर्माले नेपालखबरसँग भने।

कांग्रेसको महासमिति बैठक सरेको यो तेस्रो पटक हो। यसअघि मंसिर १३ देखि १५ सम्म तय गरिएको थियो। तर तर जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लामा गएको भूकम्पका कारण मंसिर २९, ३० र पुस १ र २ गते बस्ने गरि सारिएको थियो।

मंसिर अन्तिम साता बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै पुन: स्थगित गरि पुस १६ देखि १९ गरेसम्मका लागि तय भएको थियो।

राष्ट्रिय सभामा रिक्त २० जना सदस्यका लागि माघ ११ गते निर्वाचन तय भएको छ।

शेखर समूहले भने आफू पक्षधर नेताहरुको भेला डाकेर महासमिति बैठक निर्धारित समय अर्थात पुसमै गर्नुपर्ने बताएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .