ad ad

ग्लोबल


ईयूले युक्रेनलाई दिन लागेको ५० अर्ब डलर सहयोग हंगेरीले रोकिदियो

ईयूले युक्रेनलाई दिन लागेको ५० अर्ब डलर सहयोग हंगेरीले रोकिदियो

नेपालखबर
मंसिर २९, २०८० शुक्रबार १४:४२,

युरोपेली संगठनले युक्रेनलाई दिन खोजेको ५० अर्ब डलरको सहयोग हंगेरीले रोकिदिएको छ। युक्रेनलाई ईयू सदस्यता दिनेसम्बन्धी वार्ता सुरु हुने निर्णयलगत्तै हंगेरीले यस्तो कदम चालेको हो।

‘नाइटसिफ्टको सारांशः युक्रेनलाई थप पैसा दिने कुरामा भिटो,’ हंगेरीका प्रधानमन्त्री भिक्टर अर्बानले भनेका छन्।

अर्को वर्षको सुरुदेखि युक्रेनलाई सदस्यता दिनेबारे वार्ता थालिने सहमति भएको छ। यसलाई युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले विजयको रुपमा व्याख्या गरेका छन्।

तर, रुससँग निकट सम्बन्ध भएको हंगेरीले युक्रेनलाई ईयूको सदस्यता दिनु नहुने बताउँदै आएको छ। 

ब्रसेल्समा भएको वार्ताको क्रममा केही समय अर्बान बैठकस्थल छाडेर पनि हिँडेका थिए। अन्य २६ मुलुकले मतदान अघि बढाएका थिए। 

आफूले आठ घण्टासम्म ईयू साझेदारहरुसँग यस विषयमा लडेको अर्बानले बताएका छन्।

युद्ध सुरु भएयता युक्रेन अमेरिकी र युरोपेली सहयोगमा निर्भर छ। युक्रेन अमेरिकी कंग्रेसले रोकिदिएको ६१ अर्ब डलरको सहयोग प्याकेज अनुमोदन गराउने कोसिसमा पनि छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .