ad ad

राजनीति


अहिलेको व्यवस्था उल्ट्याउन आन्दोलनको आँधी ल्याउँछौँ : रवीन्द्र मिश्र

अहिलेको व्यवस्था उल्ट्याउन आन्दोलनको आँधी ल्याउँछौँ : रवीन्द्र मिश्र

नेपालखबर
मंसिर २८, २०८० बिहिबार १६:४२, कञ्चनपुर

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले व्यवस्था उल्ट्याउन राप्रपाले आन्दोलन गर्ने बताएका छन्।

कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले हालको व्यवस्थाले देश नबन्ने र व्यवस्था उल्टाउन राप्रपा सडक संघर्षमा उत्रिने उद्घोष गरे।

‘देश खोक्रो बनाइसके। यिनीहरुले देश बनाउन सक्दैनन्। राजा महेन्द्रको सालिक पुनःस्थापना गर्दा ८ दल विरोधमा उत्रिए,’ उनले भने, ‘सरकारले आज निषेधाज्ञा जारी गर्‍यो। अस्ति काठमाडौँमा। सरकार कति ठाउँमा निषेधाज्ञा लगाउँछ? अब आन्दोलनको आधीँ आउँछ।’

आगामी पुस पहिलो साता राप्रपाले केन्द्रीय कमिटीको बैठकबाट आन्दोलन घोषणा गर्ने उनले बताए। सरकार सम्पूर्ण संयन्त्र भ्रष्ट भएर देशलाई खोक्रो बनाएको उनको आरोप छ।

गणतन्त्रवादी दल प्रधानमन्त्री पुष्पकमल दाहालको पुच्छर भएको मिश्रको आरोप छ। ‘यी दल गणतन्त्रवादी होइनन्। नयाँ र पुराना सबै दल प्रचण्डको पुच्छर बनेका छन्,’ उनले भने, ‘यिनीहरुबाट यो देश बन्दैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .