ad ad

राजनीति


कांग्रेसकै नेताहरू वर्तमान सरकारसँग आजित भइसके : ओली

कांग्रेसकै नेताहरू वर्तमान सरकारसँग आजित भइसके : ओली

नेपालखबर
मंसिर २८, २०८० बिहिबार १३:१६, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारबाट सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरु आजित भएको दाबी गरेका छन्।

बिहीवार महाकाली-मेची अभियानअन्तर्गत भोजपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सत्तामा रहेका कांग्रेसका नेताहरु नै वर्तमान सरकारको काम कारबाहीबाट सन्तुष्ट नरहेको जिकिर गरे।

अध्यक्ष ओलीले कांग्रेसका नेताहरु अहिले नै वि.सं. २०८४ मा हुने प्रत्यक्ष निर्वाचन पर्खिन नसक्ने भनिरहेको उल्लेख गरे। उनले मिसन ८४ जनताको र हरेक नेपालीको मिसन भएको बताए। उनले देशमा सुशासन र विकासको पक्षमा कुनै एउटा राष्ट्रिय शक्ति भएन भने देश समृद्ध बन्न नसक्ने बताए।

उनले भने, ‘नेपाली कांग्रेसकै नेताहरु पनि भन्न थाल्नुभएको छ, मिसन ०८४ पर्खिन सकिँदैन भनेर। किनभने नेपाली कांग्रेसकै नेताहरु पनि यो सरकारसँग आजित भइसकेका छन्। राजनीति, अर्थतन्त्र बिग्रिएको देखेर। सबैमा चिन्ता छाएको छ। तसर्थ हामीले अब समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि अन्ततो गत्वा पनि मिसन ०८४ लाई सफल पार्नैपर्छ।’

अध्यक्ष ओलीले दिनदिनै देश ओरालो लागिरहेको जिकिर गरे।

उनले देशमा एउटा राष्ट्रिय शक्ति मजबुत नभए, सुशासन र विकासको पक्षमा जनशक्ति नभए, शान्ति सुव्यवस्थासम्बन्धी कायम गर्न र एकतावद्ध भएर राष्ट्रनिर्माणको कामलाई एकतावद्ध बनाउन नसके देश बर्बाद हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .