राजनीति


ओलीलाई मेलम्चीमा ढ्यांग्रो र डम्फु उपहार, सय किलोको मालाले स्वागत

ओलीलाई मेलम्चीमा ढ्यांग्रो र डम्फु उपहार, सय किलोको मालाले स्वागत

नेपालखबर
मंसिर २४, २०८० आइतबार १६:२९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मध्यपहाडी लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा लिएर सिन्धुपाल्चोककव मेलम्ची पुगेका छन्।

बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङसम्मको यो यात्राका क्रममा शनिबार गण्डकी हुँदै बागमती प्रदेश छिरेका ओली अहिले सिन्धुपाल्चोकमा छन्।

उनलाई सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१२ स्थित बाहुनेपाटीमा पार्टीका कार्यकर्ताहरूले स्वागत गर्दै विभिन्न सामग्री उपहार दिएका छन्। 

ओलीलाई पार्टीनिकट लोकतान्त्रिक महासंघले १०० केजीको माला लगाइदिएको छ। सय केजीको माला लगाउँदै ओलीले त्यहाँस्थित नेता-कार्यकर्तालाई धन्यवाद दिएका छन्।

उता त्यहीँ भएको कार्यक्रमका क्रममा जनजाति महासंघका अध्यक्षले डम्फु उपहार दिएका छन्। त्यस्तै एमाले मेलम्ची नगर कमिटीले ओलीलाई ढ्याङ्ग्रो उपहार दिएको छ।

उक्त क्रममा स्थानीय दलका कार्यकर्ताले ओलीलाई विकासका विभिन्न योजना पनि सुनाएका थिए। उनीहरूले सडक, खानेपानी र अन्य पूर्वाधारसहितका माग पनि राखेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .