ad ad

राजनीति


चुलियो लोसपामा विवाद, राजेन्द्र महतोले गरे बैठक बहिष्कार

चुलियो लोसपामा विवाद, राजेन्द्र महतोले गरे बैठक बहिष्कार

फाइल तस्बिर


नेपालखबर
मंसिर २४, २०८० आइतबार १३:१, काठमाडौँ

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा विवाद चुलिएको छ। 

पार्टी अध्यक्ष महन्थ ठाकुर र प्रभावशाली नेता राजेन्द्र महतोबीच विवाद बढेको हो।

जिम्मेवारी बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै महतोले आइतबार बसिरहेको केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेका छन्। 

महतोको उक्त निर्णयसँगै लोसपाको विवाद छताछुल्ल भएको हो। केन्द्रीय कार्य समिति बैठक बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसिरहेको छ।

बैठकमा महतो पक्षका नेताहरु कोही पनि नगएको उनले दाबी गरे।

‘३० वर्षदेखि मधेशमा राजनीति गरिरहेका पुराना साथीभाइलाई छुटाएर केन्द्रीय समिति विस्तार गरिएको रहेछ,’ महतोले नेपालखबरसँग भने, ‘मैले यसलाई सच्याउनुस्, गलत भयो भनेर महन्थजीसँग आपत्ति जनाएको थिएँ तर, मान्नु भएको रहेनछ।’

‘पुराना साथीहरुलाई छोड्न कसरी मिल्छ? जबकि महन्थजी कांग्रेसबाट आउनुभएको हो, उहाँले करेक्सन गर्छु भनेर कार्यान्वयन नगरेपछि विरोधस्वरुप बैठक बहिस्कार गरेँ,’ महतोले थपे।

उनीलगायत दुईदर्जन नेताहरु बैठकमा नगएको दाबी गरे।

‘यस्ता गतिविधिले पार्टी डुबायो, सुरुदेखि मधेसमा राजनीति गरेका साथीलाई छुटाएर कसरी पार्टी बन्छ?’, उनले अगाडि भने। 

महतोसँगै अर्का नेता अनिल झा पनि बैठकमा छैनन्। उनी पनि असन्तुष्ट रहेका छन्। 

लोसपाले माघ ११ गतेको राष्ट्रिय सभा चुनाव र संगठन विस्तार एजेण्डामा केन्द्रीय कार्यसमितिमा छलफल गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .