ad ad

राजनीति


एमालेको अभियानबारे प्रकाण्डको टिप्पणी : मध्यपहाडमा अझै समृद्धि आइसकेको छैन

एमालेको अभियानबारे प्रकाण्डको टिप्पणी : मध्यपहाडमा अझै समृद्धि आइसकेको छैन

नेपालखबर
मंसिर २०, २०८० बुधबार १६:५१, काठमाडौँ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले नेकपा (एमाले) ले आफूलाई अब मध्यपहाडको विकास र समृद्धिमा केन्द्रित भएको बताएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको ‘झुलाघाट-चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’को पछिपछि मध्यपहाडी लोकमार्गबाटै दैलेखदेखि जाजरकोट पुगेका प्रकाण्डले यस्तो बताएका हुन्।

‘एमालेले चलाएको अभियानले सामाजिक, राजनीतिक हिसाबले राष्ट्रिय पहुँचमा पुग्न नसकेको मध्यपहाडमा केन्द्रित भएको सन्देश दिन झुलाघाटदेखि चिवाभञ्ज्याङको यात्रा गरिहरहेको छ’, प्रकाण्डले भने, ‘एमाले अभियानले आफ्ना राजनीतिक र सांगठनिक कामलाई मध्यपहाडमा केन्द्रित गर्‍यो भन्ने देखाएको छ। यो लोकमार्गलाई थप प्रभावकारी अघि बढाउन यस क्षेत्रका अगुवा, दल र नागरिकसँगको छलफलले जनतालाई पनि सहज हुने र स्वयम् एमाले पार्टीलाई पनि मध्यपहाडको विकासमा स्थापित हुन सहज हुन्छ।’ 

तर यसमा उठेका विषयहरुलाई एमालेले कसरी उठान गरेर समाधान गर्छ भन्नेमा पनि भर पर्ने उनले बताए।

तत्कालीन माओवादीको दशवर्शे जनयुद्धका क्रममा उठाएका राजनीति मागहरु शांशिक पूरा भएपछि मध्यपहाड क्षेत्रका जनताका विकास र समृद्धिका नारा पूरा हुन नसकेको उनले उल्लेख गरे। 

नेता प्रकाण्डले विकासका दृष्टिकोणले मध्यपहाडी लोकमार्ग निकै महत्वपूर्ण मेरुदण्ड भएको बताए। 

राज्यले ठूलो लगानी गरेर निर्माण गरेको मध्यपहाडी लोकमार्गका विभिन्न खण्डमा राम्रोसँग निर्माण हुन नसकेको उल्लेख गरेका उनले यस क्षेत्रमा सवारी साधनको चाप नहुने भएकाले राज्यको लागनी अनुसारको प्रतिफल प्राप्त नहुनेमा आशंका व्यक्त गरे। 

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रियको नारकाका साथ एमालेले मंसिर १४ गतेदेखि बैतडीको झलाघाटदेखि शुरु भएको पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको केन्द्रीय अभियान सुदूरपश्चिम र कर्णाली प्रदेश सकेर बुधबार गण्डकी प्रदेश प्रवेश गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .