ad ad

राजनीति


एनसेल खरिदबिक्री प्रकरणबारे अध्ययन गर्न छानबिन समिति बनाउने सरकारको निर्णय

एनसेल खरिदबिक्री प्रकरणबारे अध्ययन गर्न छानबिन समिति बनाउने सरकारको निर्णय

नेपालखबर
मंसिर १९, २०८० मंगलबार २१:४२, काठमाडौँ

सरकारले एनसेल खरिदबिक्री प्रकरणबारे अध्ययन तथा अनुसन्धान गर्न अध्ययन तथा छानबिन समिति बनाउने भएको छ।

मंगलवार बालुवाटारमा बसेको गठबन्धन दलका शिर्ष नेताहरुको बैठकपछि बोल्दै सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले यस्तो बताएकी हुन्।

दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रकाशित खबरकाप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण र मन्त्रिपरिषद्को बैठकबाट आवश्यक अध्ययन तथा छानबिन समिति बनाउने निर्णय भएको बताइन्। उनले समिति कति सदस्य बन्ने भन्ने टुंगो लागि नसकेको बताइन्। उनले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिइ र नियामकलाई जानकारी समेत नगराई अस्वभाविक प्रावधान र मूल्यमा बिक्री भएको बताइन्।

उनले भनिन्, ‘नेपाल सरकारले एनसेलको सेयर खरिदबिक्रीका सम्बन्धमा प्रचलित कानूनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवं यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा न्यूनीकरण तथा नेपाल सरकारको राजश्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने। यस अध्ययन छानबिनबाट कुनै अनियमितता भएको पाइए नेपाल सरकारले सम्बन्धित सबैलाई तत्काल कानून बमोजिम कडा कारबाहीको दायामा ल्याउनेछ। नेपाल र नेपालीको हीत र सम्बन्धित कानूनको पालना गर्न र गराउन नेपाल सरकार प्रतिवद्ध रहेको छ। क्याबिनेट बैठकबाट आवश्यक अध्ययन तथा छानबिन समिति बन्नेछ। त्यसले सिफारिस गरे बमोजिम नेपाल सरकारले काम गर्नेछ।’

मन्त्री शर्माले सरकारले एनसेलको सेयर खरिदबिक्रीका सम्बन्धमा प्रचलित कानूनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवं यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा न्युनिकरण तथा नेपाल सरकारको राजश्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .