राजनीति


सरकारको सहमतिबिना एनसेलको सेयर किनबेच हुँदैन : प्रधानमन्त्री प्रचण्ड

सरकारको सहमतिबिना एनसेलको सेयर किनबेच हुँदैन : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
मंसिर १८, २०८० सोमबार १७:२१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको सहमतिबिना निजी कम्पनीको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको सेयर किनबेच हुन नसक्ने दाबी गरेका छन्। 

सोमबार सिंहदबारमा सम्पादकहरूसँगको कुराकानीका क्रममा उनले यसबारे सरकारले टिम नै बनाएर अध्ययन गरिरहेको जानकारी समेत गराए। 

‘नेपाल सरकारको सहमतिबिना एनसेल किनबेच हुँदैन,’ उनले भने, ‘टिम बनाएर सरकारले त्यसबारे अध्ययन गदैछ।’

उनले सो किनबेचको प्रक्रिया अघि नबढ्ने पनि बताए। ‘म बाहिर भएका बेला किनबेचको डिल भएको रहेछ,’ उनले भने, ‘त्यो प्रक्रिया अघि बढ्दैन। यपो स्वभाविक छैन।’

यो विषयमा सरकारको चासो रहेको भन्दै १३० अर्बको परियोजना ६ अर्बमा बेच्ने कुरा रहेको पनि बताए। ‘क्रेता र बिक्रेता मिलिसक्यौँ भनेर हुँदैन,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .