ad ad

राजनीति


०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गरौं : गगन थापा

०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गरौं : गगन थापा

फाइल फोटो


नेपालखबर
मंसिर १६, २०८० शनिबार १८:५६, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्।

शनिबार कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलनमा बोल्दै महामन्त्री थापाले अवैधानिक ढंगले सम्पत्ति आर्जन गर्ने सबैको सम्पत्ति छानबिन गर्ने कानुन बनाउन प्रस्ताव गरेका हुन्।

उच्च ओहोदामा बसेर अख्तियारको दुरुपयोग गरेर अकुत कमाएकाहरूको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए।

उनले भने, ‘०४६ सालपछाडि उच्च ओहोदामा बसेर जसले अवैधानिक ढंगले सम्पत्ति कमाएको छ, उसको सम्पत्ति छानबिन गरौं। जसले अनियमित ढंगले सम्पत्ति कमाएको छ, उसले सम्पत्ति खोसेर कानुनको दायरामा ल्याउनुपर्छ। यसको नेतृत्व कांग्रेसले गर्ने कि नगर्ने?’

महामन्त्री थापाले कांग्रेसमा समाज र देशका लागि भएको सम्पत्ति गुमाएर काम गर्ने नेता कार्यकर्ताको खाँचो नभएको बताए।

उनले अहिले कांग्रेससहितको गठबन्धन सरकार भएको भन्दै सरकारलाई जनताको सवालमा केन्द्रित भएर काम गर्न आग्रह गर्दै आएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .