मुगुमा नेकपा एमालेको नयाँ जिल्ला नेतृत्व चयन गरिएको छ।
सदरमुकाम गमगढीमा सम्पन्न नवौँ जिल्ला अधिवेशनले पूर्ण रोकायाको नेतृत्वमा ७१ सदस्यीय एमाले मुगु जिल्ला कमिटी निर्विरोध चयन गरेको हो।
अधिवेशनले अध्यक्षमा रोकाया, उपाध्यक्षमा रत्नसिंह विष्ट, सचिवमा सुरेन्द्रबहादुर मल्ल, उपसचिवमा मदन बानियाँ र होइजाली विकलाई निर्विरोध निर्वाचित गरेको एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलावजंग शाहले जानकारी दिए।
सर्वसम्मत नेतृत्व छनोटका लागि भएको लामो प्रयासपछि रोकायाको अध्यक्षतामा ७१ सदस्यीय जिल्ला कमिटी चयन भएको उनले बताए।
45
Shares
प्रतिक्रिया