ad ad

राजनीति


रविका दाजुको आक्रोश : के को मिसन ८४? अहिले काम गर

रविका दाजुको आक्रोश : के को मिसन ८४? अहिले काम गर

नेपालखबर
मंसिर १५, २०८० शुक्रबार ६:४५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ‘मिसन ०८४’ अभियानमा लाग्दा उनकै दाजु हरिशरण लामिछानेले भने त्यसको विरोध गरेका छन्। 

उनले मिसन ८४ को नारा लगाउन छोडेर अहिले नै काम गरेर देखाउन सामाजिक सञ्जालमार्फत् रास्वपालाई चुनौति दिएका हुन्।

‘भुत्रा ८४? अहिले काम गर न’ उनले सामाजिक सञ्जालमा आक्रोसपूर्ण अभिव्यक्ति दिएका छन्। 

जानकारहरुका अनुसार रविका दाजु हरिशरण रास्वपाको केन्द्रीय सदस्य बन्ने ध्याउन्नमा छन्। रास्वपाको महोत्तरी बैठकले आफूलाई केन्द्रीय सदस्य बनाउने अपेक्षामा उनी थिए। तर, बैठकले धेरै पदमा धेरै व्यक्तिलाई मनोनित गर्दा पनि हरिशरण भने केन्द्रीय सदस्यमा परेनन्।

उनको याे आक्रोस रास्वपाको केन्द्रीय सदस्य बन्न नपाउँदाको उपज भएको अनुमान गरिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .