राजनीति


सिंहदरबारमा प्रचण्ड र ओलीबीच के भयो छलफल?

सिंहदरबारमा प्रचण्ड र ओलीबीच के भयो छलफल?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली। (तस्बिर : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय)


नेपालखबर
मंसिर १२, २०८० मंगलबार १६:५७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा उनीहरूबीच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

सो अवसरमा उनीहरूबीच अहिले विभिन्न समूहले गरिरहेको प्रदर्शनबारे पनि कुराकानी भएको थियो।

सो क्रममा अध्यक्ष ओलीले पुनःनिर्माण गरिएको सिंहदरबारको पश्चिम भेगको ग्यालरीको अवलोकन गरेका थिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंसिर ६ गते सो भवनको उद्घाटन गरेका थिए। क्षति भएको संरचनालाई ‘रेट्रो फिटिङ’ गरेर पुरानै अवस्थामा फर्काएपछि ओली त्यहाँ पहिलोपटक पुगेका हुन्। 

ओलीलाई प्रधानमन्त्री प्रचण्डले कार्यालयका सबै कक्ष घुमाए।

सिंदरबारमा दुई नेताबीचको छलफल सुरु हुनुअघि प्रचण्डले ओलीलाई भवनको अवलोकन गराएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .