राजनीति


रास्वपाको संयुक्त बैठक महोत्तरीमा ३ दिन बस्ने, यस्ता छन् एजेन्डा

रास्वपाको संयुक्त बैठक महोत्तरीमा ३ दिन बस्ने, यस्ता छन् एजेन्डा

फाइल तस्बिर


नेपालखबर
मंसिर १०, २०८० आइतबार ११:१५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीमा राखिने भएको छ। 

पार्टीका महामन्त्री एवं प्रवक्ता डाक्टर मुकुल ढकालका अनुसार यही मंसिर ११, १२ र १३ गते महोत्तरीको सदरमुकाम जलेश्वरमा रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्ने भएको हो।

बैठकमा प्रदेश सभापतिहरूको पनि सहभागिता रहनेछ। 

तीन दिनसम्म चल्ने बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन, सासंदहरूको र संसदीय कार्यको समीक्षा, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिबारे छलफल एवं निर्णय हुने प्रवक्ता ढकालले नेपालखबरलाई जानकारी दिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .