ad ad

राजनीति


बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक

बालुवाटारमा जारी मन्त्रिपरिषद्को बैठक। तस्बिर : प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
कात्तिक २७, २०८० सोमबार १०:३७, काठमाडौँ

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। 

बैठक प्रधानमन्त्री निवासमा केही बेरअघि सुरु भएको हो। 

बैठकमा सरकारका नियमित कामरबाहीबारे छलफल भइरहेको छ। 

एक मन्त्रीले नेपालखबरसँग भने, ‘भूकम्पपिडित परिवारलाई राहत, नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌का रूपमा प्रयोग गर्नेलगायत विविध विषयमा छलफल जारी छ।’

यही कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण १५४ जनाको मृत्यु भएको छ भने ४ सय जनाजति घाइते भएका छन्। हजाराैँ परिवार घरबासविहीन भएका छन्। 

उक्त भूकम्पबाट ज्यान गुमाएकाका परिवारलाई तत्काल २ लाख रुपैयाँ राहत दिने घोषणा गरेको सरकारले घरबासविहीन भएका परिवारलाई घर पुनःनिर्माणका लागि जनही ५० रुपैयाँ दिने घोषणा गरेको छ। 

यस्तै केही दिनअघि मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवत्‌लाई सरकारको दस्तावेजमा लेख्ने घोषणा गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .