ad ad

समाज


यी तस्बिरमा हेर्नुहोस् गाईको पूजा

यी तस्बिरमा हेर्नुहोस् गाईको पूजा

नेपालखबर
कात्तिक २७, २०८० सोमबार १०:५५, काठमाडौँ

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज (सोमबार) गाईको पूजाआजा गरी गाई तिहार पर्व मनाइँदै छ। 

हिन्दू धर्मालम्बीले गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। 

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ।

गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ। 

नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिन गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए। 

गाईपूजा गरेपछि साँझ घरघरमा गइ देउसी भैलो खेलेर रमाइलो गर्ने परंपरा छ। 

हेर्नुहोस् गाई पूजाका केही तस्बिर-

दाङ घोराहीस्थित स्वर्गद्वारी आश्रमको आनन्द कुटिरमा गाई तिहारको दिन  आज गाईको पूजा गर्दै स्थानीय।

दाङ घोराहीस्थित स्वर्गद्वारी आश्रमको आनन्द कुटिरमा गाई तिहारको दिन  आज गाईको पूजा गर्दै स्थानीय।

दाङ घोराहीस्थित स्वर्गद्वारी आश्रमको आनन्द कुटिरमा गाई तिहारको दिन  आज गाईको पूजा गर्दै स्थानीय।

गाई तिहारका दिन आज नुवाकोटको विदुर नगरपालिका–२ स्थित एक घरमा गाईपूजा गर्दै सर्वसाधारण।

गाई तिहारका दिन आज नुवाकोटको विदुर नगरपालिका–२ स्थित एक घरमा गाईपूजा गर्दै सर्वसाधारण।

काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुमा गाई तिहारका दिन आज गाईको पूजा गर्दै सर्वसाधारण।

काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुमा गाई तिहारका दिन आज गाईको पूजा गर्दै सर्वसाधारण।

सबै तस्बिर : रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .