ad ad

राजनीति


संसदीय समितिले भूकम्प पीडितको अवस्थाबारे सभामुख र प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

संसदीय समितिले भूकम्प पीडितको अवस्थाबारे सभामुख र प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

फाइल तस्बिर


नेपालखबर
कात्तिक २५, २०८० शनिबार १३:३६, काठमाडौँ

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जाजरकोट भूकम्प पीडितको अवस्थाबारे प्रतिवेदन पेस गर्ने भएको छ। 

शनिबार दिउँसो सभामुख घिमिरेलाई र प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन पेस गर्न लागिएको हो। 

स्रोतका अनुसार सभामुखसमक्ष दिउँसो साढे १ बजे र प्रधानमन्त्रीसमक्ष साढे २ बजे प्रतिवेदन पेस गर्न कार्यक्रम रहेको छ। 

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्प १५३ जनाले ज्यान गुमाएका छन्। हजारौं घर पूर्ण रुपमा क्षति भएका छन्। 

सरकार र विभिन्न संघ संस्थाहरूबाट भूकम्प पीडितका लागि धमाधम राहत वितरणका कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .