राजनीति


नितिश कुमारको महिलाविरोधी बयानमा अमेरिकी गायिकाले भनिन्: म भारतीय भएको भए...(भिडिओ)

नितिश कुमारको महिलाविरोधी बयानमा अमेरिकी गायिकाले भनिन्: म भारतीय भएको भए...(भिडिओ)

अमेरिकी गायिका मेरी मिलबेन


नेपालखबर
कात्तिक २३, २०८० बिहिबार ८:४१, काठमाडौँ

अमेरिकी गायिका मेरी मिलबेनले भारत बिहारका मुख्यमन्त्री नितिश कुमारले विधान सभामा दिएको विवादास्पद बयानको निन्दा गर्दै ‘साहसी महिलाहरू’लाई अगाडि आउन र आफूलाई ‘मुख्यमन्त्री पदको उम्मेदवार’ घोषणा गर्न अपिल गरेकी छन्।

बिहारका मुख्यमन्त्री नितिश कुमारले मंगलबार विधानसभामा जनसङ्ख्या नियन्त्रणमा शिक्षा र महिलाको भूमिकाबारे बोल्ने क्रममा आपत्तिजनक बयान दिएका थिए।

व्यापक आलोचना भएपछि उनले बुधबार आफ्नो भनाइप्रति माफी मागे पनि यो विषयको बहस रोकिएको छैन।

विगतमा धेरैपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरिसकेका मिलबेनले सामाजिक सञ्जाल एक्समा मुख्यमन्त्री नितिश कुमारको भनाइविरुद्ध प्रतिक्रिया जनाउँदै विज्ञप्ति जारी गरिन्। 

उनले भनेकी छन्, ‘आज बिहारको निर्णायक समय हो। जहाँ महिलाको मूल्य/मान्यतालाई चुनौती दिइँदै छ। र, म विश्वास गर्छु– यस चुनौतीको एउटै जवाफ हो– नितिश कुमारजीको बयानपछि साहसी महिलाहरूले अगाडि आएर बिहारको मुख्यमन्त्री पदका लागि आफ्नो उम्मेदवारी प्रस्तुत गर्नुपर्छ।’

उनले अगाडि भनेकी छन्, ‘यदि म भारतीय महिला भएको भए बिहार गएर चुनाव लड्थेँ।’

‘तपाईंहरू बिहारका जनतामा त्यो शक्ति छ, परिवर्तन र साहसका लागि मतदान गर्ने, महिलालाई भोट दिनुहोस्।’

यसका साथै उनले बिहारमा महिलालाई सशक्तिकरण गर्न भाजपालाई अपिल पनि गरेकी छन्। 

उनले भनेकी छन्, ‘यही नै महिलाको वास्तविक विकास हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad