ad ad

राजनीति


एमाले सचिवालय बैठक : भूकम्पपछिको अवस्थाको समीक्षा, मध्यपहाडी यात्राको तयारी

एमाले सचिवालय बैठक : भूकम्पपछिको अवस्थाको समीक्षा, मध्यपहाडी यात्राको तयारी

सचिवालय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : सरोज बैजु


सरोज बैजु
कात्तिक २२, २०८० बुधबार १३:५९, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ। 

केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको यो बैठकमा गत शुक्रबार जाजरकोटलाई केन्द्रबिन्दु बनाउँदै गएको भूकम्पपछिको अवस्थाबारे छलफल हुँदैछ।

जाजरकोट र रुकुममा आएको भूकम्पपछि राहत र पुनर्स्थापनाबारे सरकारले चालेका कदमका विषयमा सचिवालयमा छलफल हुँदैछ।

त्यसैगरी बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानबारे पनि छलफल हुने भएको छ।

उक्त अभियान एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म चलाइने भएको छ।

यो अभियानलाई एमालेले आगामी मंसिर दोस्रो सातादेखि थाल्ने बताइएको छ। एमालेले पार्टी विस्तार अभियान अन्तर्गत मध्यपहाडी यात्रा गर्न लागेको हो। 

बैठक मा पार्टी अध्यक्ष केपी शर्मा ओली,पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल सहभागी छन्।

त्यस्तै सचिवहरू लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्मा अर्याल लगायत उपस्थित छन्।

यो सचिवालय बैठकबाट आगामी केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .