ad ad

राजनीति


सर्वदलीय बैठकमा एमाले– डेलिभरी दिन नसक्दा जनतामा निराशा छायो, सरकार मजबुत बनोस्

सर्वदलीय बैठकमा एमाले– डेलिभरी दिन नसक्दा जनतामा निराशा छायो, सरकार मजबुत बनोस्

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १६:४५, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ठिक ढंगबाट जनतालाई डेलिभरी दिन नसक्दा सरकार आफैं असुरक्षित महसुस गरिरहेको बताएको छ। मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाले सचेतक महेश बर्तौताले सरकालाई मजबुत ढंगबाट अघि बढ्न आग्रह गरिएको जानकारी दिए। 

बैठकमा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका एमाले नेताहरूको सहभागिता थियो। 

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै बर्तौलाले चालू खर्च थेग्नका लागि सरकारले ऋण लिनुपर्ने अवस्था आएको बताए। 

‘सरकारले ठिक ढंगले डेलिभरी दिन सकेको छैन। जनतामा निराशा भयो। अर्थतन्त्र डामाडोल अवस्थामा छ। चालू खर्च थेग्नका लागि ऋण लिनपर्ने अवस्था छ। खाद्यान्न सबै आयात गर्नुपर्ने अवस्था छ,’ उनले भने।

साथै, उनले अहिलेको सरकार आफैं असुरक्षित महसुस गरिरहेको दाबी गरे। 

‘सरकारले आफूलाई पनि कहीँ न कहीँ असुरक्षित महसुस गरेको छ। सरकार असुरक्षित हुने कुरा सामान्य हो। सरकारको जुन नालायकीपन छ, त्यसले जनतामा निराशा भएको छ,’ उनले भने।

बैठकमा एमालेले सरकारलाई मजबुत भएर अघि बढ्न आग्रह गरिएको पनि उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .