ad ad

कारोबार


भूकम्पपीडितका लागि भारत र चीनले थप सहायता सामग्री उपलब्ध गराउने

भूकम्पपीडितका लागि भारत र चीनले थप सहायता सामग्री उपलब्ध गराउने

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १०:३५, काठमाडौँ

जाजरकोट भूकम्पबाट पीडितलाई सहयोगका लागि छिमेकी मुलुकहरू भारत र चीनले थप सहायता सामग्री उपलब्ध गराउने भएका छन्। 

सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएका छुट्टाछुट्टै भेटवार्तामा भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत छेन सोङले नेपालका भूकम्पपीडितका लागि थप सहयोग गर्ने बताएका हुन्। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार छलफलमा दुवै देशबाट थप १०/१० हजार थान टेन्ट, पाल, ब्लाङ्केटलगायतका सामग्री भूकम्प प्रभावित क्षेत्रका लागि उपलब्ध गराउने कुरा भएको छ। 

यही कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ भने ३३८ जना घाइते भएका छन्। करोडौँ बराबरका भौतिक संरचना क्षति भएका छन्। 

त्यसयता पनि जाजरकोट केन्द्रबिन्दु भएर पटकपटक परकम्प गइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .