ad ad

राजनीति


प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

फाइल तस्बिर


नेपालखबर
कात्तिक २१, २०८० मंगलबार ९:४८, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दिउँसो बस्नेगरी सर्वदलीय बैठक आह्वान गरेका छन्। 

दिउँसो २ बजे सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन्।

संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग छलफल गर्न बैठक बाेलाइएकाे प्रधानमन्त्री प्रचण्डकाे सचिवालयले जनाएको छ। 

गएको शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले गरेको मानवीय र भौतिक क्षतिको विषयसहित समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलिय बैठक बोलाएका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .