राजनीति


सरकारलाई माधव नेपालको आग्रह : भूकम्पपीडितको राहत र पुनर्स्थापना तीव्र बनाउनू

सरकारलाई माधव नेपालको आग्रह : भूकम्पपीडितको राहत र पुनर्स्थापना तीव्र बनाउनू

फाइल तस्बिर


नेपालखबर
कात्तिक २०, २०८० सोमबार १३:२५, काठमाडौँ

समाजवादी मोर्चा केन्द्रीय संयोजन समितिका संयोजक माधवकुमार नेपाल गत शुक्रबार गएको भूकम्पमा परेकाहरूको उद्धार, राहत र पुनर्स्थापना तीव्र बनाउन सरकारसँग माग गरेका छन्। 

कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा शक्तिशाली भूकम्पबाट धनजनको क्षति हुनपुगेकोमा समाजवादी मोर्चा नेपाल स्तब्ध र मर्माहत भएको पनि उनले जनाएका छन्। 

‘यस प्राकृतिक विपत्तीमा परी जीवन गुमाउनुहुने सम्पूर्ण दाजु-भाई तथा दिदी-बहिनीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं’, नेपालले भनेका छन्, ‘सम्पूर्ण घाइतेहरूप्रति गहिरो सहानुभूति ब्यक्त गर्दै तत्काल उद्धार तथा उपचारको ब्यवस्था गर्न,राहत प्रदान गर्न र पुनस्थार्पना कार्यक्रम ल्याउन सरकारसँग जोडदार माग गर्दछौँ।’

प्राकृतिक बिपत्तिमा परेका नागरिकलाई  मानवीय सेवा तथा सहायता उपलब्ध गराउन देशका तीनै तहको सरकार तथा जनप्रतिनिधिहरू परिचालित हुन पनि उनले आग्रह गरेका छन्।

नेपालले रेडक्रस तथा प्राकृतिक प्रकोपमा उद्धार गर्ने राष्ट्रिय अन्तरराष्ट्रिय संस्थाहरु, सुरक्षा संयन्त्र तथा सरकारका सबै निकायहरू, सहयोगी भावनायुक्त देश विदेशमा रहेका नेपाली तथा व्यावसायिक संस्थाहरुलाई यथाशक्य सहयोग गर्न पनि भनेका छन्। 

यस मानवीय संकटको घडीमा उद्धार, राहत र पुनस्थार्पनाका लागि आवश्यक पहलकदमी लिन पनि संयोजक  नेपालले समाजवादी मोर्चा नेपालका नेता र कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .