ad ad

राजनीति


कोशीमा एमालेले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता नलिने

कोशीमा एमालेले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता नलिने

नेपालखबर
कात्तिक २०, २०८० सोमबार १२:२९, काठमाडौँ

नेकपा एमाले कोशी प्रदेशले मुख्यमन्त्री केदार कार्कीलाई दिएको विश्वासको मत कायम राख्दै प्रतिपक्षमा बस्ने निर्णय गरेको छ।

सोमबार बसेको दलको बैठकले मन्त्रीले राजीनामा दिए पनि विश्वासको मत भने कायम राख्ने निर्णय गरेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले नेपालखबरलाई जानकारी दिए।

केन्द्रमा जस्तै गठबन्धनबाट सरकार विस्तार गरेपछि असन्तुष्ट एमाले शनिबार सरकारबाट बाहिरिसकेको छ।

‘अब आजबाट हामी प्रतिपक्षमा बस्नेछौँ, भण्डारीले भने, ‘विश्वासको मतमा भने हाललाई समर्थन कायम राख्ने निर्णय गरेका छौँ।’

कोशीमा एमालेको समर्थनमा काङ्ग्रेसबाट विद्रोह गरेका कार्की संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए।

सरकार निर्माणका क्रममा कार्कीका पक्षमा कांग्रेसका ८ जना तथा एमालेका ३९ सांसद गरी ४७ सांसदको समर्थन जुटेको थियो।

तर विश्वासको मत लिने क्रममा नेकपा एमाले ३९, कांग्रेस २९, नेकपा माओवादी केन्द्र १३, नेकपा एकीकृत समाजवादी पार्टी ४ र जनता समाजवादी १ सहित ८६ सांसदको मत कार्कीलाई मुख्यमन्त्री कार्कीलाई परेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .