राजनीति


जाजरकोट भूकम्पमा अहिलेसम्म १३८ जनाको मृत्यु पुष्टि : गृह मन्त्रालय

जाजरकोट र रुकुम पश्चिम दुवै जिल्लाका विपद् कोषमा ५/५ करोड निकासा गर्ने निर्णय
जाजरकोट भूकम्पमा अहिलेसम्म १३८ जनाको मृत्यु पुष्टि : गृह मन्त्रालय

नेपालखबर
कात्तिक १८, २०८० शनिबार ११:५४, काठमाडौँ

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी अहिलेसम्म १ सय ३८ जनाको मृत्यु भएको पुष्टि सरकारले गरेको छ। 

आज बिहान गृह मन्त्रालयमा बसेको आकस्मिक बैठकमा सो तथ्यांक प्रस्तुत भएको हो। जाजरकोट र रुकुमपश्चिममा गरी मृतकको संख्या १३८ पुगेको गृह मन्त्रालयले जनाएको छ। यस्तै हाल २३१ जना घाइते उपचाररत रहेको जनाइएको छ।   

बैठकले भूकम्पपीडितको उद्धार तथा राहतका लागि जाजरकोट र रुकुमपश्चिम दुवै जिल्लाका विपद् कोषण्मा ५/५ करोड निकासा गर्ने निर्णय पनि गरेको गृह मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .