ad ad

राजनीति


स्वास्थ्यकर्मी र औषधि लिएर प्रधानमन्त्री जाजरकोट र रुकुम पश्चिम जाँदै

स्वास्थ्यकर्मी र औषधि लिएर प्रधानमन्त्री जाजरकोट र रुकुम पश्चिम जाँदै

फाइल तस्बिर


नेपालखबर
कात्तिक १८, २०८० शनिबार ६:४२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आाज (शनिबार) बिहान औषधि र स्वास्थ्यकर्मीको टोली लिएर जाजरकोट र रुकुम पश्चिम जाँदै छन्। 

गएराति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय र भौतिक क्षति भएपछि घाइतेहरुको खोज, उद्वार तथा उपचार व्यवस्थाका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्यकर्मीको टिम प्रभावित क्षेत्रमा जान लागेको उनको सचिवालयले जनाएको छ। 

बिहानैदेखि घाइतेहरुको खोज तथा उद्वार र उपचारका लागि मेडिकल टिमसहित सुर्खेतबाट कम्तीमा ३ हेलिकप्टर र एक स्काईट्रक सल्ले र चौरजहारी विमानस्थल वेस बनाई परिचालन गर्न लागिएको छ।

भूकम्पले भएको मानवीय र भौतिक क्षतिप्रति प्रधानमन्त्री प्रचण्डले दुःख व्यक्त गरेका छन्। 

उनले घाइतेको तत्काल खोज तथा उद्धारका लागि सुरक्षाका तीनवटै निकाय, स्थानीय पालिकाका प्रतिनिधिलाई आग्रह गरेका छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .