लेबनानको सशस्त्र शिया संगठन हिजबुल्लाहले आफ्ना नेता हसन नसरल्लाहको मृत्यु भएको पुष्टि गरेको छ।
यसअघि इजरायली सेनाले हसन नसरल्लाह बेरुतमा भएको हवाई बमबारीमा मारिएको दाबी गर्दा हिजबुल्लाह बोलेको थिएन।
तर शनिबार हिजबुल्लाहले विज्ञप्ति जारी गरी आफ्ना नेता नसरल्लाहको मारिएको पुष्टि गरेको हो।
हिजबुल्लाहले लेबनानको राजधानी बेरुतमा रहेको आफ्नो मुख्यालयमा इजरायली आक्रमणमा नसरल्लाह मारिएको बताएको छ।
इजरायली सेनाले यो हमला लामो समयदेखि बनाएको योजना बताएको छ।
इजरायलले ६४ वर्षीय नसरल्लाहलाई धेरै इजरायली सैनिक र सर्वसाधारणको हत्याका लागि जिम्मेवार ठहर गरेको थियो।
195
Shares
प्रतिक्रिया