ad ad

राजनीति


सीके राउतको प्रश्न : संसद् ठूला नेताहरूका लागि रंगमञ्च हो?

सीके राउतको प्रश्न : संसद् ठूला नेताहरूका लागि रंगमञ्च हो?

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार १५:८, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष सीके राउतले नयाँ राजनीतिक दलहरूलाई ध्वस्त पार्छौं भनेर ठूला राजनीतिक दलहरूले कस्तो खालको आक्रोश पोख्न खोजेको भन्दै प्रश्न गरेका छन्। 

साथै, उनले ठूला नेताहरूले संसद्लाई भाषण गर्ने थलो मात्रै बनाएको आरोप लगाए।

‘यहाँहरु आफू समीक्षा गर्न सक्नुहुन्न। यो देशलाई कुन भड्खालोमा लगिसक्यो? देश कसरी गरिबीको भूमरीमा पस्यो भनेर समीक्षा गर्दैनौं। अनि हामी लम्बाचौडा भाषण गर्छौं। यो कक्षाकठा हो र? यो ठूला नेताहरूको लागि रंगमञ्च हो?,’ उनले बिहीबार संसद् बैठकमा सम्बोधन गर्दै भने।

साथै, उनले अहिलेको व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधार रहेको बताए। 

‘यो व्यवस्थामाथि प्रश्न गर्ने पर्याप्त आधारहरू छन्। त्यो हामीले स्वीकार्न सक्नुपर्छ। नेपालीमा एउटा उदाहारण छ, जो...हुन्छ उसैको ठूलो स्वर। ३४ वर्षदेखि देशलाई कहाँबाट कहाँ पुर्याएको छ त्यो थाहा छैन,’ उनले भने।

ठूला दलहरूले चियापान समारोह गर्दै नयाँ शक्तिहरूलाई लक्षित गरेर ध्वस्त पार्ने प्रतिक्रिया दिएको भन्दै आपत्ति जनाए। 

‘अनि हामी नयाँ उदयामान शक्तिहरूलाई लक्षित गर्छौं। चियापान समारोहमा बोलाउँर्छौं र त्यहाँ भन्छौं– नयाँहरूलाई हामी ध्वस्त पार्छौं भनेर चुनौती दिन्छौं। यो कस्तो खालको आक्रोश हो?,’ उनले भने।

उनले संसदमा जनताको आवाज उठेपछि त्यसको सुनुवाइ हुनुपर्ने बताए। ‘यहाँ जनताको आवाज उठेपछि त्यसको सुनुवाइ हुनुपर्छ,,’ उनले भने।

सांसद राउतले अहिले देश टाइटनिक ढुबेजस्तो डुबिरहेको टिप्पणी गरे। ‘यो देश टाइटानिक डुबेजस्तै डुबिरहेको छ। यो अरुले होइन, यसका चालकहरुनै हुन्। उनीहरू आफू चाहीँ बोटमा सुरक्षित जोगिइरहेका छन्,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .