ad ad

राजनीति


गुटेरेसले पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउनुपर्नेमा जोड दिनुभयो : ओली

गुटेरेसले पीडित केन्द्रित भएर शान्ति प्रक्रिया टुंग्याउनुपर्नेमा जोड दिनुभयो : ओली

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १८:३४, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदलाई गर्नुभएको सम्बोधन धेरै राम्रो रहेको बताएका छन्।

मंगलबार महासचिव गुटेरेसले संघीय संसदलाई सम्बोधन गरेलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन्। त्यस अवसरमा अध्यक्ष ओलीले संसदमा गर्नुभएको सम्बोधनका लागि महासचिव गुटेरेसलाई धन्यवाद समेत व्यक्त गरे। 

उनले महासचिव गुटेरेसले नेपालको र नेपाली राष्ट्रबारे राम्रो मूल्यांकन गरेको धारणा राखे। 

‘शान्ति प्रक्रियालाई उपयुक्त ढंगले पीडित केन्द्रित भएर ट्रान्जिशनल जष्टिस उनीहरूलाई उपलब्ध गराएर नेपालको सुप्रिम कोर्ट र विश्व मानव अधिकार परिषदका सुझावहरु समेतलाई ध्यानमा राखेर यसलाई समाधान गर्नु पर्छ। सकेसम्म छिटो समाधान होस् भन्ने कामना गर्नुभएको छ। र, म मेरो पार्टीको तर्फबाट उहाँहरुलाई धेरै धन्यवाद भन्न चाहन्छु। हामी हामी सिंगै संसदले उहाँलाई धन्यवाद भनेका छौं। उहाँको सम्बोधन संक्षिप्तमा भन्दा धेरै राम्रो छ,’ उनले भने।

गुटेरेसले पीडित केन्द्रित भएर नेपालको सर्वोच्च अदालत र विश्व मानव अधिकार परिषदको सुझावलाई ध्यानमा राखेर नेपालले शान्ति प्रक्रियाको कामलाई निष्कर्षमा पु¥याउनुपर्ने बताएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसले छिट्टै पूर्णता पाउने कामना समेत गरेको पनि बताए। 

उनले वातावरणीय विनाश रोक्न नेपालले दिएको योगदानको पनि खुलेर महासचिव गुटेरेसले प्रशंशा गरेको पनि बताए।

‘संयुक्त राष्ट्र संघका महासचिव महामहिम एन्टोनियो गुटेरेसले केही महत्वपूर्ण विषयहरु प्रकाश पार्नुभएको छ। नेपालको संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले वातावरणको बारेमा, त्यसै गरेर गरिवी निवारणको बारेमा, अरु शान्ति प्रक्रियालाई टुंग्याउने बारेमा, विभिन्न विषयमिा उहाँले प्रकाश पार्नु भएको छ,’ उनले भने, ‘नेपालको, नेपाली राष्ट्रको उहाँले राम्रो मूल्यांकन गर्नुभएको छ। र, गरिव देशहरुलाई सम्पन्न देशहरुले सहयोग, समर्थन गर्नुपर्छ। र, संयुक्त राष्ट्र संघमा जनाएका प्रतिवद्धता अनुरुप वातारणीय विनाश रोक्न नेपालको सजगता र योगदानप्रति उहाँले विशेष प्रशंशा गर्नुभएको छ।’

अध्यक्ष ओलीले महासचिव गुटेरेसले आफ्नो सम्बोधनमार्फत गरिब देशहरूलाई सम्पन्न देशहरूले सहयोग र समर्थन गर्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .