ad ad

राजनीति


शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक छ : अध्यक्ष नेपाल

शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक छ : अध्यक्ष नेपाल

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १८:३८, काठमाडौँ

नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक पर्ने बताएका छन्।

मंगलबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले देशको शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थन आवश्यक पर्ने बताएका हुन्। 

उनले विश्व समुदायको सहयोग आवश्यक पर्ने पनि बताए। यद्यपी सो विषय आफूहरूकै पहल, योजना र तत्परतामा हल हुने स्पष्ट पारे।

‘संक्रमणकालिन न्यायसँग जोडिएको विषयमा नेपालकै पहलकदमीमा यो विषयलाई टुंग्याउनुपर्छ। पर्यावरणको समस्यालाई पनि उहाँले प्रत्यक्ष रुपमा आफूले देखेको, अनुभुत गरेको कुरा बताउनुभएको छ। त्यसले विश्वको ध्यान आकर्षित गर्छ भन्ने लाग्दछ,’ उनले भने, ‘यस्तो कुरामा नेपाल जस्तो देशको कुनै भुमिका छैन। विकसित देशहरूले, सम्पन्न देशहरुले यसको जिम्मेवारी बोक्नुपर्दछ भन्ने बताउनुभयो। विश्व शान्तिमा नेपालको भुमिकाको उच्च प्रशंसा गर्नुभयो।’ 

उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलेले संसदमा सम्बोधन गर्दै विश्व शान्तिमा नेपालको भुमिकाको उच्च प्रशंसा गरेको भन्दै खुशी व्यक्त गरे।

‘लुम्बिनी, सगरमाथा र अन्नपूर्ण को भ्रमण गर्न ठाउँ चयन गर्नुले उहाँको नेपाल प्रतिको निकटता, आत्मियता व्यक्त हुन्छ। गौरववान्वित तुल्याएको छ। खुशी छौँ। शान्ति प्रक्रिया टुंग्याउन विश्व समुदायको समर्थनको हामी अपेक्षा गर्दछौँ। विश्व समुदायले आवश्यक सहयोग गर्नुपर्ने हुन्छ। तर मुख्यत्ः हाम्रो पहलमा, हाम्रो योजनामा, हाम्रो तत्परतामा हल हुने कुरा हो,’ उनले भने।

अध्यक्ष नेपालले महासचिव गुटरेसले नेपालप्रति निकटता र आत्मियता देखाएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .